कास्की जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामको रुपमा रहेको मनोरमपर्ूण्ा जिल्ला हो । गण्डकी अञ्चलमा पर्ने यो जिल्ला अञ्चल सदरमुकाम तथा शैक्षिक केन्द्रविन्दुको रुपमा समेत रहेको छ । यस जिल्लाको भूभाग समुन्द्र सतहबाट ४५० मिटर देखि ७९६९ मिटरसम्मको उचाईमा रहेको छ भने २०१७ वर्ग कि.मी. क्षेत्रफल ओगटेको छ । यो जिल्ला २८००५ु देखि २८० उत्तरी अक्षांश र ८३०४९ु देखि ८४०१२ु पर्ूर्वी देशान्तर भित्र फैलिएको छ । यस जिल्लाको पर्ूवमा तनहूँ र लमजुङ्ग, पश्चिममा पर्वत र म्याग्दी, उत्तरमा मनाङ्ग तथा दक्षिणमा स्याङ्गजा जिल्ला रहेका छन् ।